Advertisement

सञ्चालनमा सहजीकरण गर्न गृहकाे निर्देशन, भाेलि निर्णय गर्दै व्यबसायी

0 499

Advertisement

०७ श्रावण, काठमाडौं। गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ ।,’ गृहका शाखा अधिकृत रामबहादुर केसीले प्रकाशित गरेकाे परिपत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरका महासचिव योगेन्द्रनाथ कर्माचार्यले लामो दूरीको यातायात सञ्चालनबारे भोलि टुंगो लाग्ने बताउनुभयो । ‘यस विषयमा छलफल गर्न भोलि १ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । यसपछि लामो दूरीको यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,’ उहाँले भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाबाट सार्वजनिक यातायात प्रवेश गर्न दिइएको छैन । तर, उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् ।
त्यस्तै, साउन १ गते बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे उक्त बैठकले कुनै निर्णय गरेको थिएन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.