Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?

0 53

डा. रवीन्द्र पाण्डे

०७ साउन, काठमाडाै ।
अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ? डा. रवीन्द्र पाण्डे सामाजिक संजाल फेसबुकमा लेखेनुहुन्छ :

– जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो |

– जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ |

– जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ |

– जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन |

– जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ |

– जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन/ अफ्रिकन देशमा मान्यता दिइएको छ | खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ |

– दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् |

– ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ | जुन ३-४ दिनमा ठिक हुन्छ |

– रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ |

– तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् |

– दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन | समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ |

– आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् |

– डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् |

– दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् |

– हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यहि लगाउनु बुद्धिमानी हुन्छ |


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.