देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री : रमेशजंग रायमाझी

0 362

०७ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा जनादेशकै प्रधानमन्त्री भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको विश्वास पाएका प्रधानमन्त्री भएको बताएका हुन् ।

१४६ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनर्स्थापित प्रतिनिधिसभाका १६५ जना सदस्यले विश्वासको मत दिएसँगै सरकार जनादेशको बनेको धारणा राखे ।

‘यो परमादेश भनेको जनादेश नै हो । सर्वोच्चले परमादेश जारी गरेकोमा १६५ जना माननीयको समर्थन भयो । सर्वोच्च अदालतले गरेको निर्णय सही रहेछ भन्ने प्रमाणित भयो नि, उनले भने, ‘त्यसकारण म यहाँबाट ती पाँच जना श्रीमानहरुलाई स्यालुट गर्न चाहन्छु ।

जसले संविधान बचाए ।’रायमाझीले ओली नेतृत्वको सरकार आफ्नै कुकर्म र अकर्मण्यताका कारण ढलेको दाबी गरे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.