Advertisement

यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ गर्दै, यी हुन् माग

0 380

Advertisement

०७ साउन, काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्दै छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सातबुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन् ।

काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि कतिपय ट्याक्सी, माइक्रोबसलगायतमा यात्री चढाइएको छैन । सडकछेउमा पार्किङ गरेर राखिएको छ ।

यातायात व्यवसायी सबैले कोरोनाविरुद्धको खोप सहज रूपमा पाउनुपर्ने, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.