Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना महामारीले तलब कटौतीभएपछि बसका सह–चालकको मृर्गौला बिक्रिमा

0 98

०६ साउन, एजेन्सी । कोरोना भाइरसको महामारीले विश्वभरका धेरै मानिसहरुलाई बेरोजगार बनाएको छ । जागिरकै आधारमा हासी खुशी जीवन बिताउदै आएका लाखौ मानिसहरुले जागिरबाट हात धुन परेको छ ।

त्यस्तै एउटा दुखद समाचार आएको छ । तलब कटौति भएपछि घर व्यवहार चलाउन मुस्किल परेर बसका सह–चालकले ठुलो कदम उठाएका छन् । ३८ वर्षीय हनुमन्थ कलेगारले सामाजिक संजाल फेसबुकबाट आफ्नो मृर्गौला बिक्रिमा भएको घोषणा गरेका छन् । उनले घर खर्च चलाउनकै लागि पैसाको आवश्यक परेको बताउदै र्मर्गौला बेच्न लागेको जानकारी समेत दिएका छन् ।

भारतीय समाचार अनुसार हनुमन्थले फेसबुकमा आफ्नो मृर्गौला बिक्रि गर्ने बिज्ञापन दिएका हुन् । उनले कर्नाटकको सरकारी ट्रान्सपोर्ट कम्पनीको बसमा काम गर्थे । हनुमन्थले फेसबुकमा पोस्ट गरे लगत्तै पोस्ट भाइरल भएको थियो । उनको पोस्टमा लेखिएको छ, ‘उनी ट्रान्सपोर्ट कर्मचारी हुन्, उनले घर चलाउन गाह्रो भएकोले आफ्नो मृर्गौला बिक्रि गर्न चाहान्छन् ।’ उनको पोस्टमा आफ्नो फोन नम्बर पनि दिएका थिए । उनी नर्थ इस्ट कर्नाटक रोड ट्रास्न्पोर्ट कर्पोरेशनमा काम गर्थे ।

उनले पोस्टमा घरको भाडा तिर्न, सामान किन्न, बच्चाको शिक्षा र आफ्नो आमा बुवाको औषधि खर्चको लागि पैसाको आवश्यकता परेको उल्लेख गरेका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.