Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नै कर्मचारीबाट थुनिए

0 57

०६ साउन, काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नै कर्मचारीबाट थुनिएका छन् । उनलाई मंगलबार आफ्नै कर्मचारीले रातभर कार्यलयमै थुनेका हुन् । बुधबार (आज) दिउँसोसम्म माग पूरा गर्ने सर्तमा उनीहरुले हाकिमलाई आज बिहान छोडिदिएका छन् ।

कर्मचारी विनियमावली संशोधनको विषयमा टेलिकमका सबै कर्मचारी युनियनहरू संयुक्त आन्दोलनमा रहेका छन् । कर्मचारी युनियनहरुले प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक जस्ता उच्च तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थाले निरन्तरता पाउनुपर्ने कर्मचारीहरुको माग छ ।

उप–प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने व्यवस्था रहेकोमा नयाँ विनियमावलीले यो व्यवस्था हटाएको छ । क्यापिङको व्यवस्था हटाउँदा तल्लो तहमा कार्यरत कर्मचारीको बढुवा रोकिने भन्दै कर्मचारी युनियनले विरोध गर्दै आएका छन् ।

लोकसेवा आयोगले पनि सिनियर तहका कर्मचारीमा रहँदै आएको क्यापिङको प्रावधान हटाएको छ । प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.