Advertisement

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

0 693

Advertisement

०६ श्रावण, काठमाडौं । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो । नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानून बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समितिसहितको टोलीले स्थलगत अनुगमन गरी केही विद्यालयलाई स्पष्टीकरणसमेत सोधेको जनाएको छ । अनुगमनका क्रममा रजिष्ट्रेशन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको पौड्यालले जानकारी दिनुभयो ।

विद्यार्थी अन्यत्र जान सक्ने भन्दै अधिकांश संस्थागत विद्यालयले रजिष्ट्रेसन शुल्कका नाममा थोरै रकम लिएर अनलाइन माध्यमबाट पठनपाठन शुरु गरेका छन् । महानगरमा २८ सामुदायिकसहित ५० भन्दा बढी कक्षा ११ को पठनपाठन गर्ने विद्यालय रहेका छन् । पौड्यालले अनुगमनलाई निरन्तरता दिएर आदेश नमानेमा कारवाही गरिने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.