Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु

0 52

०५ साउन, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा सङ्क्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा सङ्क्रमण पुष्टि भएको थियो ।

हालसम्म छ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमबार एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एक हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए ।

काठमाडौँ उपत्यकामा ७१९ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७१९ सङ्क्रमित थपिएका छन् । काठमाडौँका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ ।

सोमबार उपत्यकामा ४७४ सङ्क्रमित थपिएका थिए । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार उपत्यकामा ३३४ सङ्क्रमित थपिएका थिए भने काठमाडौँका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ सङ्क्रमित रहेका थिए ।

२५ सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.