Advertisement

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

0 2,057

Advertisement

०५ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाँडले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.