Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले केन्द्रीय कमिटीको चालु दशौं बैठक आज ३ बजे बस्दै

0 50

०५ साउन, काठमाडौं । नेकपा (एमाले( को केन्द्रीय कमिटीको चालु दशौं बैठक मङ्गलबार दिउँसो ३ बजे बस्दैछ । हिजो सोमबार सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी रहने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटीको हिजोको बैठकले कार्यदलले तयार पारेको दशबुँदे सहमतिपत्र अनुमोदन गरेको थियो । यससँगै असार ३ गतेको प्रतिनिधिसभा संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्रदान गर्नुहुने एमाले नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

पार्टीको निर्देशन विपरीत मतदान गर्ने नेताहरुलाई स्पष्टीकरणका आधारमा कारबाही गरिने बताइएको छ । यही अवस्थामा एमाले केन्द्रीय कमिटीको बैठक निरन्तर जारी रहने तामाङले जानकारी दिनुभएको हो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.