Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एचआईडीसीएल कम्पनीको हकप्रद सेयर बिक्री खुल्ला

0 99

०५ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट (एचआईडीसीएल) कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित कुल ११ लाख कित्ता हकप्रद १/१ अनुपातमा बिक्री खुल्ला गरेको हो । कम्पनीको हकप्रदमा लगानीकर्ताले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका खाशा कार्यालयबाट आवेदन दिनसक्नेछन् । साथ, सि-आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.