Advertisement

वीरगञ्जमा पहिलो पटक ‘कोरा साइकिलिङ’

0 757

Advertisement

०५ साउन, वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् ।

बौद्ध र हिन्दु धर्मावलम्बीहरुले घडीको सुल्टो दिशामा आफ्नो धार्मिक स्थलहरुको परिक्रमा लगाउने कार्यलाई कोरा भनिन्छ । नेपालमा कोरा साइकिलिङ सन् २०११ मा काठमाडौंका टुर्स एण्ड ट्राभल एजेन्सीहरुले गरेका थिए । साइकल सिटी नेटवर्क नेपालले काठमाडौंमा कोरा साइकिलिङ च्यालेन्ज नै आयोजना गर्ने गरेको छ ।

एक जर्मन नागरिकले २०१० जुलाईमा साइकलमा काठमाडौंको एक राउण्ड लगाइसकेपछि ‘कोरा साइकिलिङ’ भनेका थिए । त्यसपछि नेपालका विभिन्न स्थानका साइकल यात्रीले यसलाई निरन्तरता दिँदै आएको पाइन्छ ।

वीरगञ्जमा भने पहिलो पटक कोरा साइकिलिङ गरिएको वीरगञ्ज साइकिलिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए । कोभिड महामारीका कारण लामो दूरीको यात्रा नगरिएको उनले बताए ।

‘घण्टाघरबाट मुख्य सडक हुँदै उत्तरतर्फ चिनीमिल आवास क्षेत्रसम्म पुग्यौं, त्यहाँबाट पूर्व बाइपास सडक निस्किएर भानुचौक हुँदै दक्षिणमा रजत जयन्ती चोकसम्म गयौं । त्यहाँबाट पुनः उत्तर मकालु होटल चोकसम्म आएर यात्रा समापन गर्‍यौं,’ उनले भने ।

साइकिलिङमा प्रदेश ट्राफिक कार्यालय प्रदेश २ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ लगायत ६ जना महिलासहित २५ जना सहभागी भएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.