Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मेयरको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

0 53

०५ असार, पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो । उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत काठमाडौं लगिएको थियो । चिकित्सकको २४ घन्टे निगरानीमा पनि नसाको समस्या हल नभएपछि शनिबार शल्यक्रिया गरिएको थियो । मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको सचिवालयले जानकारी दिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.