Advertisement

आज हरिशयनी एकादशी, तुलसी रोपणगर्ने दिन र विधि

0 868

Advertisement

०५ साउन काठमाडाैं । तुलसी रोपण गर्ने विधिश्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएकोहो भने आजको दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। आजको दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने,र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेतगर्ने चलन रही आएको छ।

आजको यस दिनलाई देवशयनी एकादशी को नामले पनि चिनिन्छ। ज्येष्ठ शुक्ल पक्ष एकादशी अर्थात् निर्जला एकादशीको दिन पवित्र स्थानमा तुलसीको दल राखेर आजहरिशयनी एकादशीको दिन तुलसी मठमा रोप्नु को साथै विशेष पूजा आराधना गर्दै हरिबोधिनी एकादशीकोदिन श्री विष्णु भगवान सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको पाइन्छ।आयुर्वेदमा समेत तुलसीलाई महा औषधिको संज्ञा दिइएको छ। पवित्र स्थानमा उमारिएको तुलसीलाईआजको दिन मठमा रोपण गरिन्छ। तुलसीको दल राखेको स्थानमा गई तलको मन्तले भगवती तुलसीको प्रार्थना गर्दै तल दिईएको तुलसी रोपणगर्ने विधि अनुसार रोपण गर्न सकिन्छ :

“प्रसीद मम देवेशि कृपया परया सदा।
अभीष्टफलसिद्धिश्च कुरु मे माधवप्रिये ।।”

यसरी प्रार्थना गरे पश्चात् पूर्व फर्केर तुलसीको जरा र केही मात्रामा माटो सहित तुलसीलाई उखेल्ने र यसरीउखेल्दा प्रभु श्री नारायणको जप “ॐ नमो भगवते वासुदेवाय” उच्चारण गर्नु पर्दछ। यसरी उखेली सकेपछितुलसीलाई तुलसी-म-मठमा ल्याई पूर्व नै फर्केर उक्त तुलसीको रोपण गर्नु पर्छ । रोपण सके पश्चात् पर्याप्त जलपनि चढाउनु पर्दछ।तुलसीका प्रसिद्ध आठ नामहरू: ब्रह्मवैवर्त पुराणको तुलसी स्तोत्रमा उल्लेख भए अनुसार तुलसीको आठ वटा नामहरू रहेका छन्:

“वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।
पुष्पसारं नन्दिनीञ्च तुलसी कृष्णजीवनम् ।।”

माथि उल्लेखित स्तोत्र अनुसार तुलसीका ती नामहरूमा वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी रहेका छन्। यी नामहरूको उच्चारण मात्र गर्नाले पनि अभीष्ट फल प्राप्त हुनेकुरा यस पुराणमा वर्णन गरेको पाइन्छ।

आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

सनातन दर्शनमा एकादशीको महत्व

वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।

चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।

किंवदन्ती तथा कथाहरूले जेसुकै भनेपनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्यपथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईंको साथमा हुनेछ । तपाईंको दिन शुभ रहोस् ।

चतुर्मास व्रत आरम्भ

हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका ४ महिना भगवान विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेषगरी भगवान शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।

भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्वकालदेखि रहिआएको छ।

असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चर्तुमास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चर्तुमास सकिन्छ ।

विष्णु भगवान चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहुर्तहरू हुन्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.