Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ओलम्पिकमा सहभागी अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि

0 57

०५ साउन, एजेन्सी । ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी जिम्न्यास्टमा कुनै लक्षण देखिएका थिएन । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आइशोलेसनमा राखिएको छ ।

टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छिन् । अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् । ‘वुमन्स आर्टिस्टिक जिम्न्यास्टिक टिमकी एक खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गर्दछौं । व्यक्तिको निजी मामिलाको सम्मान गर्दै हामी यस विषयमा थप सुचना उपलब्ध गराउन असमर्थ छौं,’ अमेरिकी ओलम्पिक कमिटीले भनेको छ ।

यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो । त्यस्तै, दक्षिण अफ्रिकाका रग्बी प्रशिक्षक निल पावेलमा पनि आइतबार जापान पुग्नासाथ संक्रमण देखिएको थियो, उनी अहिले आइशोलेसनमा छन् ।

ओलम्पिकको उद्घाटन मिति नजिकिदैं जाँदा पदाधिकारी, सञ्चारकर्मी, प्रशिक्षक र खेलाडीमा संक्रमण देखिने क्रम पनि बढ्दै गएको छ । जसकारण, अधिकारीहरु निकै चिन्तित देखिएका छन् । ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल लागु गरिएको छ र दर्शकहरुले ओलम्पिक हेर्नका लागि रंगशाला आउन पाउनेछैनन् ।

कोरोनाकै कारण ओलम्पिकमा केही नियमहरु पनि परिवर्तन गरिएको छ । जसअनुसार खेलाडीहरुलाई अतिथी मेडल पहिराईदिने नियम संशोधन गरेर खेलाडी आफैंले मेडल लगाउनुपर्ने नियम राखिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.