Advertisement

घाेक्ने र घाेकाउनेकाे बिच मै घुमिरहेकाे नेपालकाे बैज्ञानिक शिक्षा प्रणाली

0 1,199

Advertisement

याेगेन्द्र खरेल

०४ साउन, लिस्वाेन पाेर्चुगल ।
विश्व काराेना भाइरस काे सङ्क्रमणले थलिएकाे छ। काेराेना भाईरसकाे सङ्क्रमणले नेपाल पनि अछुताे रहेन सकेन । आज सम्मकाे अवस्था र तयारी हेर्दा नेपाल थप जर्जर अबस्थामा पुग्ने हाे कि भन्ने आशंका गर्ने थुप्रै आधारहरु छन। यहि सङ्क्रमणकाे मेलाेमेसाे मै राजनीतिक अस्थिरता काे नाममा गरिएकाे सत्ता बहिर्गमन र सत्ता आराेहणकाे नाटकिय शैलिले अधिकांश नेपाली नागरिकहरु वाक्क छन । नेताहरुकाे यहि अस्थिर राजनितिकाे बिचमा खेल्ने र आफ्नाे अभिष्ट पूरा गर्ने प्रवृत्ति हावी भएकाे कारण आर्थिक , सामाजिक , शैक्षिक तथा अन्य महत्त्वपूर्ण पक्षहरुलाई आेझेल पारिएकाे छ ।

जुन सम्पूर्ण नेपालीहरुकाे लागि दुर्भाग्यकाे बिषय हाे । यिनै बिषयबस्तुले प्रभाव पारिहरेकाे अबस्थामा, शैक्षिकशत्रकाे शुरुवातमा पनि शिक्षाजस्ताे महत्त्वपूर्ण पक्षकाे बहसलाई पुर्णरुपमा आेझेल पारिएको छ।

शिक्षा स्वास्थ जस्ता दीर्घकालीन र दुरगामी महत्त्वका बिषयहरुलाई राजनीतिक अस्थिरताले प्रभाव नपार्ने गरि नितिनियम बनाएर अगाडि बढ्नुपर्ने थियाे । यसलाई गैह्रराजनीतिक संयन्त्रले सन्चालन गर्ने परिपाटीकाे बिकास गर्दै, राजनीतिक अस्थिरता भएकाे बेलामा समेत निरन्तर कार्यसम्पादन गर्ने गरि स्वायत्त संस्थाकाे रुपमा अगाडि बढाउनु पर्नेथियाे ।

सरकारमा काे आयाे र सरकारबाट काे गयाे भन्ने कुराले शिक्षा र स्वास्थ्य क्षेत्र लाई कुनै प्रभाव नपर्ने गरि शैक्षिक नीति निर्माण गर्ने कुराकाे अभ्यास गर्नुपर्ने थियाे । यसाे गर्न सकिएन, यसकाे परिणामस्वरूप दशकाै देखि उहीँ घाेकन्ते शिक्षाकाे चंगुलमा विधार्थिहरु निरन्तर फसिरहेका छन । घाेक्ने र परिक्षामा पास हुने कुरालाई नै शिक्षा क्षेत्रकाे छलाङकाे रुपमा लिएकाे छ नेपालकाे नेपाल सरकारले ।

काेरेाना संक्रमणका कारण विभिन्न तहका परीक्षाहरु स्थगित भएका कारण बिधार्थिहरु पुर्णरुपमा अन्याेलमा छन। बिधालयतहका नतिजाहरु फेसबुकमा छरपस्ट पारियाे, यसले नतिजा प्रकाशन त भयाे तर अब के हुन्छ भन्नेमा शिक्षक, बिधार्थि,अभिभाबक अन्याेेलमा छन ।

शैक्षिकसत्रकाे सुरुवाति चरणमा पाठ्यपुस्तक ब्यबस्थापन ,शैक्षिक सुधार,बिधार्थि भर्ना,बिधालयकाे पहुचबाहिरका बालबालिकाकाे बिधालय सम्मकाे यात्रा लगायत बिबिध महत्वपूर्ण बिषयमा बहस गरि शिक्षा निति र शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने बेलामा, यसलाई बिभिन्न बाहानामा गाैण मानिएकाे छ, जुन किमार्थ स्विकार्य हुनुहुदैनथ्याे । तत्कालिन चर्चित बिषयहरुमा बाेल्दा र बहस गर्दा यत्रतत्र सर्बत्र भाईरल हुने लाेभमा परेका, नेता र नितिनिर्माताहरु शिक्षाजस्ताे दिर्घकालिन बिषयमा बहस गर्न चाहदैनन । जुन हाम्रो लागि अभिशाप भएको छ ।

नेपाल काे शिक्षा अझैपनि परम्परागत र अव्यावहारिक छ। पढ्ने, पढाउने र घाेक्ने, घाेकाउने अनि परिक्षामा पासहुने कुराकाे चाैघेरा भित्र रहेकाे बर्तमान शिक्षाले सृजनशिल र व्यावहारिक शिक्षा दिइरहेकाे छ भन्ने साेचिरहेका छाै भने हामी पुर्णरुपमा भ्रममा छाै।

यहि शिक्षा र पाठ्यबस्तुहरु बुर्जुवा छ भन्दै दस बर्ष सम्म पढ्नु पर्दैन भन्दै प्रशिक्षण दिने पार्टि सरकारकाे वरिपरि रहेकाे पनि दसाैै बर्ष बितिसकेको छ। तत्कालीन अबस्थामा उसकै बहुमतकाे सरकार भएकाे, साेहि पार्टीको शिक्षा मन्त्री भएकाे बेला पनि परम्परागत र पुरानैै अव्यावहारिक शिक्षालाइ नै निरन्तरता दिनु र व्यावहारिक शिक्षाकाे बहस नगरेर राजनैतिक बेईमानि गर्याे । जुन कुरा कुनै हालतमा क्षम्य हुदैन ।

अहिले बिधालयस्तरमा रहेकाे पुस्तकका समाबेश विषयबस्तुहरु अव्यावहारिक र अर्धचेतना दिने खालका छन। उदाहरण कै रुपमा हेर्दा , सानाे कक्षामा A for Apple ले साेहि तहका बिधार्थिलाइ यतिसम्म च्यापेकाे छ कि ,उनिहरु A for Aeroplane स्विकार्न तयार छैनन। Z for zebra बाहेक Z for Zoo. स्विकार्न तयार छैनन । के यस्ताे शिक्षाले याेग्य र सक्षम नागरिक उत्पादनकाे अपेक्षा गर्न सकिएला त ? अहँ किमार्थ सकिदैन ।
नेपालकै सबैभन्दा प्रयाेगात्मक मानिएकाे बिज्ञान बिषयकाे हबिगत झनै लाजमर्दाे छ । हुन त प्रत्येक बिधालयमा विज्ञान प्रयागशाला पुर्याउने भनेर घाेषणा गर्छ सरकार । आबश्यकता काे एकचाैथाई रकम दिदै सरकारले भन्छ,सुबिधासम्पन्न प्रयाेगशाला बनाउ। यसरी सरकारकाेे तथ्यांक हेर्दा प्रत्येक बिधालयमा सुबिधासम्पन्न बिज्ञान प्रयाेगशाला छ तर बिधालयकाे आफ्नै ब्यथा छ। सरकारले दिएकाे लागत अनुमान भन्दा एकचाैथाइ मात्र रकमले काेठा ब्यबस्थापन गर्ने कि ,बिज्ञान सामाग्री र रसायनहरु किन्ने ,बिचरा प्रधानाध्यापकहरु यसैमा रनभुल्ल छन। बिचरा बिज्ञान शिक्षक कक्षाकाेठामा , चिया पिउने गिलासलाइ हार्डग्लास टेस्ट ट्युबलाइ तुलना गर्दै पढाइरहेका छन।

कक्षा भरिकै टाठाबाठाले राेजेर पढ्ने भनिएकाे अतिरिक्त गणित पनि sin, Cos ,tan कै वरिपरि घुमिरहेकाे छ।यी कुरा कहाँ, कहिले र कसरी व्यावहारमा परिण भए हाेलान त ?

यसरी A for Apple, Hardglass test tube र sin,cos, tan कै वरिपरि घुमिरहेकाे बिधालय शिक्षाले सृजनशिल र याेग्य नागरिक तयार हाेला र ? के यहि नै हाेला त एक्काइसौं शताब्दीकाे बैज्ञानिक शिक्षा प्रणाली ?

यहि पढ्ने ,पढाउने र घाेक्ने घाेकाउनेकाे चाैघेराभित्र बिधालय शिक्षा सिमित रहकाे दशकाै बित्दा पनि ,हामी यसकाे बिकल्प किन खाेजिरहेका छैनाै त,के याे साेचनिय बिषय हाेईन र ? बच्चाहरु भन्दा ठुलाे गह्रौं झाेलामा बाेकाएर बिधालय पठाउने र उनिहरुकाे मनाेरन्जकाे समयलाई समेत मिच्ने गरि दिइएको गृहकार्य नै बैज्ञानिक शिक्षा प्रणालीकाे आधार हाेला त ? बिधार्थिले के पढ्न चाहन्छ भन्दा पनि सरकारले के पढाउन चाहन्छ भन्ने आधारमा तयार पारिएको शिक्षा प्रणाली नै नेपालकाे एक्काइसौं शताब्दीकाे बैज्ञानिक शिक्षा प्रणालि हाेला त ?

अर्कोतिर सरकारकाे यहि अस्थिर नितिनियम काे बिचमा निजि शैक्षिक संस्थाहरुले शिक्षाको व्यापार गरिरहेका छन , उत्कृष्ट शिक्षा दिने नाममा विधार्थिहरुकाे उमेर समुहमा कुनै ध्यान नदिई पाठ्यपुस्तक तयार पारेर, किताबको भारि बाेकाएर बिचरा छुनुमुनु छुनुमुनु खेल्दै पढ्ने उमेर समुहका नानीबाबुहरुलाई किताब बाेक्ने खच्चड बनाएका छन निजी बिधालयहरुले, गृहकार्यकाे नाममा नानीबाबुहरुकाे मनाेरन्जन गर्ने समयकाे समेत दुरुपयोग गरिदिएका छन , उनिहरुलाई यति धेरै पाठ्यपुस्तककाे बाेझ बाेकाएर गृहकार्यकाे नाममा त्यहि घाेकन्ते किताबकाे पानाहरुमा सिमित गराएपछि नानीबाबुहरुले कतिबेला खेल्ने ,कतिबेला मनाेरन्जन गर्ने , कति बेला परिवार र समाजसंग घुलमिल हुने , कतिबेला सामाजिक रितिरिवाज र संस्कृतिकाे बारे ज्ञान लिने ?

निजि बिधालयहरुले ताेते बाेलि समेत बाेल्न नजानेका नानीबाबुहरुलाई ९९.९९% अंक दिएर, अभिभावकहरुसंग बाट चर्काे शुल्क असुली गरिरहेका छन । त्याे ताेते बाेलि बाेल्ने बच्चा कसरी ९९.९९% ल्याउन सफल भयेा त ? भन्ने बारे अभिभावकले न त कहिल्यै निजि स्कुललाई प्रश्न गर्छन न त बच्चाकाे ९९.९९% काे व्यावहारिक मापन गर्छन । रिजल्ट आउना साथ फाेटाे खिचेर सामाजिक सन्जाल रंग्याउन हतार हुन्छ ।

रिजल्ट आइसकेपछि, अभिभावकहरुले आफ्ना बच्चाहरु उक्त अंक ल्याउन याेग्य थिए कि थिएनन भन्ने बारेमा घरपरिवार र समाजमा उनिहरुकाे ब्यावहारि परिक्षण गर्नु आवश्यकता पर्दैन हाेला त ? खासगरि निजि विधालयहरुले अभिभावकहरुलाइ खुसि बनाउन र उच्च प्रतिशत देखाएर चर्काे शुल्क असुल्न तयार पारिएको विधार्थिहरुकाे मार्कसिट लाई नै एक्काइसौं शताब्दीकाे बैज्ञानिक शिक्षामा भएको प्रगति भन्दै प्रगति विवरण तयार पार्नु न्यायाेचित हाेला त ? के यी र यस्तै परिस्थितिले देशकाे शैक्षिक बिकास हाेला ?

अहिलेकाे शिक्षा त बाेझै बाेझका बिच बालबालिकाहरुलाई तन्नेरीले बनाउने । धेरै घाेक्न सक्ने तन्नेरिहरुलाइ अमेरिका, अष्ट्रेलिया ,युराेपमा भाडा माझ्न पठाउने र कम घाेक्न सक्ने तन्नेरीलाई खाडिमुलुकतिर पसिना बेच्न पठाउने बाहेक के चाहिँ नया गर्याे त। त्यसैले अब पुर्ण व्याबहारिक र सृजनशिल शिक्षाकाेे बहस गर्ने कि।।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.