Advertisement

आजबाट जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै, यी हुन् खोप केन्द्र

0 530

Advertisement

०४ साउन, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ ।

खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.