Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कसले मार्याे बाजी

0 62

०४ श्राबण, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ। नेपाल समूहका सांसदले पार्टी नेतृत्वलाई एकताका लागि दबाब दिने भन्दै संसद् भवनबाट बाहिरिएको बताए पनि ओली समूहका सांसदले पार्टीको ह्विप उल्लंघनबारे केही बताएका छैनन्।

ओली समूहमा रहेका सांसद हीरा केसी, पार्वती विशुंखे, कलिला खातुन, बिना बुढाथोकी, धनबहादुर बुढा, समिना हुसेन, प्रेम आले र किसान श्रेष्ठले देउवालाई विश्वासको मत दिएका थिए। आइतबार बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरेको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहनेसमेत बताएका थिए। उनले नेता नेपालले जसरी पनि देउवालाई मत दिने बताएको जानकारीसमेत गराएका थिए। ‘उहाँ (माधव नेपाल) ले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो। उहाँका तर्फबाट कार्यदलमा रहेका साथीहरूले त्यसो गर्नु उचित नहुने बताए पनि उहाँले आफू एउटा विन्दुमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिनँ भन्नुभयो,’ प्रवक्ता ज्ञवालीले भनेका थिए।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल समूहमा विवाद भएपछि विघटित कार्यदलका सदस्यहरूले प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल गरेका थिए। वरिष्ठ नेता नेपालसहित देउवा पक्षमा हस्ताक्षर गरेका १५ प्रत्यक्ष निर्वाचित सांसदबीच संसद् भवनमै छलफल चलेको थियो। जसपाको महन्थ पक्षले मतदान गरेपछि संसद् जोगिने भए पनि के गर्ने भन्नेबारे छलफलमा जुटेका थिए। कार्यदलमा रहेका नेता सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र कार्यदलबाहिरका योगेश भट्टराईलगायतले जसपाले एकजुट भएर विश्वासको मत दिएको अवस्थामा एमालेको एकता जोगाउन पार्टीको पक्षमा उभिनुपर्ने र प्रतिपक्षमा रहनुपर्ने धारणा राखेका थिए। तर देउवाको पक्षमा राष्ट्रपति भवन र अदालत पुगिसकेको अवस्थामा अदालतको आदेश र नैतिक मूल्यका आधारमा पनि विश्वासको मत दिनुपर्ने पक्षमा केही सांसद उभिएका थिए।

कार्यदलमा रहेका नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्ट मतदानमा सहभागी भएनन्। त्यस्तै योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा पनि मतदानमा सहभागी भएनन्। ‘नेपाल पक्षका नेताहरू विभाजित अवस्थामा देखिएका छन्, भीम रावलले सांसद पदबाटै राजीनामा दिए, अन्यले मत दिएनन्,’ नेपाल समूहका एक नेताले बताए। नेपाल समूहका सांसद झपट रावलले संसद्मा फोहोरी खेलको साझेदारी हुन मन नलागेका कारण बाहिरिएको बताए। ‘हामी संसद् जोगाउन उभिएका थियौं। हिजो केपी ओली सत्ताबाट बाहिरिएलगत्तै फेरि सत्ताकै लागि देउवातिर लागेको देखियो। हामी यस्तो अनैतिक र फोहोरी राजनीतिको हिस्सा बन्न चाहेनौं,’ सांसद रावलले भने।

यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै विश्वासको मत दिन आग्रह गरेका थिए। उनले यो सरकार दुई वर्ष निर्बाध चल्नुपर्नेसमेत बताएका थिए। खनालले एमाले संसदीय दलका सबै सदस्यलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभईकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। ‘लोकतान्त्रिक आन्दोलनका सहयोग देउवाको नेतृत्वमा बनेको सरकार दुई वर्ष निर्बाध चल्नुपर्छ। यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूको साझा सरकार बन्नुपर्छ,’ उनले विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन्। स्वास्थ्यमा समस्या आएपछि नेता खनाल दिल्लीमा उपचाररत छन्।

एमालेबाट विश्वासको मत दिने सांसद

माधवकुमार नेपाल,
विरोध खतिवडा,
जीवनराम श्रेष्ठ,
कल्याणी खड्का,
मेटमणि चौधरी,
भवानी खापुङ,
मुकुन्द न्यौपाने,
पार्वती विशुंखे,
हिरा केसी,
कृष्णकुमार श्रेष्ठ ‘किसान’,
गोपाल बम,
हिरा केसी,

कृष्णकुमार श्रेष्ठ ‘किसान’,
गोपाल बम,
प्रेमबहादुर आले,
धनबहादुर बुढा,
बिना बुढाथोकी,
सरला यादव,
पुष्पाकुमारी कर्ण,
लक्ष्मी चौधरी,
निरादेवी जैरु,
रामकुमारी झाँक्री,
कलिला खातुन,
समिना हुसेन र कृष्णलाल महर्जन।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.