Advertisement

निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ: माधव नेपाल

0 228

Advertisement

०४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै ‘निरंकुशताको अन्त्य’ भएको दाबी गरेका छन् ।

संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संसद र संविधान जोगिएको भन्दै भने,‘पटक-पटक संसद विघटन गरियो । संसद उठ्न सक्दैन भनेर जुन कदम चालिएको थियो । तर संसद पुर्नस्थापना भएको छ । सर्वोच्चको फैसलाले संविधान जोगिएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ ।’

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अब अघिल्लो सरकारले गरेका गल्ती सच्याएर अघि बढ्ने दाबी गरे । उनले भने,‘अत्यधिक बहुमतले सरकारलाई विश्वासको मत प्राप्त भएको छ । विगतमा देखिएको रानजीतिक संकटतर्फ धकेल्न खोजिएको रोकिएको छ । विगतका सरकारले गरेका गल्ती सच्याउँदै प्रमले रोष्टम उभिएर गर्नुभएको प्रतिवद्धतातर्फ लाग्नुपर्छ । त्यसमा हामी साथ दिन्छौँ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावको पक्षमा १ सय ६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्र परेको छ । त्यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले भने आफू तटस्थ बस्ने घोषणा गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.