Advertisement

विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राजमोको मत देउवालाई

0 786

Advertisement

०३ साउन, काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।”

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राख्नुभएको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको मर्म र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय सुनाउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको जवाफ

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावका सम्बन्धम सांसदले उठाएका प्रश्नको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र राष्ट्रियताको पक्षमा अदालतको निर्णय आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै जातजाति समुदायको देश भएकाले विकास र समृद्धिका लागि मिलेर काम गर्न तयार छु, हामी मिलेर काम गरौँ । सरकारको अहिलेको प्राथमिकता कोरोना खोप नै हो ।” प्रधानमन्त्री देउवाको जवाफपछि विश्वासको प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम अघि बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.