Advertisement

भारतमा ४१ हजार १५७ सङ्क्रमित थपिए

0 552

Advertisement

 ०३ साउन,एजेन्सी । भारतमा कोरोनाभाइरसका ४१ हजार १५७ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १९ लाख ३६ हजार ७०९ नमूना परीक्षण गरिएकोमा ४१ हजार १५७ मा सङ्क्रमणको पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल चार लाख २२ हजार ६६० सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ५१८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा चार लाख १३ हजार ६०९ जनाले ज्यान गुमाएका छन् ।

गएको चौबीस घण्टामा ४१ हजार चार जना निको भएका छन् । हालसम्म तीन करोड दुई लाख ६९ हजार ७९६ जना कोरोनामुक्त भएका छन्।
भारतमा हालसम्म ४४ करोड ३९ लाख ५८ हजार ६६३ नमूना परीक्षण गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोभिड १९ बिरुद्धको खोप लगाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.