Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

0 72

०३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद रामेश्वर राय यादवले जानकारी दिए।

उनले बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गरेको समेत बताए।

सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए।

प्रधानमन्त्री देउवा आफू प्रधानमन्त्री भएको पाँच दिनपछि आज संसदमा विश्वासको मत लिँदै छन् ।

RSS Error: A feed could not be found at `https://www.digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html; charset=UTF-8`


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.