Advertisement

वृक्षरोपण अभियानमा जुट्दै कामपा

0 681

Advertisement

०३ साउन, काठमाडौँ । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो ।

सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि बढाइएको हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा बिरुवा रोप्ने काम भएको छ । साना बिरुवा हुर्काउन कठिन हुने भएकाले कम्तीमा पाँच फिटभन्दा अग्ला बिरुवा रोप्ने मापदण्ड बनाइएको छ । अहिलेको बर्सातको समयमा दुई हजार ५०० बिरुवा रोप्ने कामपाको योजना छ ।

हरियालीसँगै शहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदूषण गराउने वस्तुको प्रदर्शन रोक्ने तथा भएकालाई हटाउने काम भइरहेको कामपाले जनाएको छ । अभियानको पहिलो दिन शिरीष, कपुर, कल्की र चाँप जातका करिब १३० बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बिरुवा रोप्नुजत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ”, श्रेष्ठ भन्नुहुन्छ, “यसका लागि वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।”

कामपाले गत आर्थिक वर्ष जस्तै चालु आवमा पनि कामपाभित्र रहेको सार्वजनिक जग्गाको पहिचान, उद्यान निर्माण र हरियाली प्रवृद्र्धन गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समेटी बजेटको व्यवस्था गरेको छ । कामपा बोटबिरुवा रोप्ने कार्य मात्रै होइन, शहर कुरूप बनाउने र नीतिविपरीत शहरका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने कार्यमा पनि निरन्तर लागिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.