नेप्सेमा साताको आइतबार सुरुवाती उत्साह
०३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार सुरुवाती उत्साह देखिएको छ । आज नेप्सेको कारोबार खुलेको १८ मिनेटमै ४५ अंक भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार २८९२ विन्दुबाट शुरु भएको कारोबार १८ मिनेटमा ४५ अंकले बढेर २९२४ विन्दुमा पुगेको छ । यस अवधिमा १५३ वटा कम्पनीको शेयरमा बृद्धि भएको छ भने ८ वटा कम्पनीको शेयर मूल्यमा मात्र गिरावट देखिएको छ ।
यस अवधिमा ७६ करोड भन्दा बढीको कारोबार भएको छ भने ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।