Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना

0 245

०२ साउन, काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् ।

मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

‘केही समयदेखि उहाँले डायोलोसिस गरे पनि अहिले भने डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन्’, दीपाश्रीले भनिन् ।

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.