Advertisement

साउने झरीबीच वाग्मती सफाइ ४२७ औँ हप्तामा

0 679

Advertisement

०३ साउन, काठमाडौं । साउने झरीबीच वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियानको ४२७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अभियानकर्मी दुर्गा रावलले सफाइ गरेका छन् ।

पशुपति क्षेत्रको नदीमा वर्षातमा आएको बाढी केही सफा देखिए पनि किनारको भागमा फोहोर भेटिएको अभियानकर्मी खरेलले सुनाइन् । शव जलाउँदा दाउरा, बाँस, फूलपातीलगायत किनारबाट राम्रोसँग सफाइ नभएको भेटिने गरेको छ । यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा.लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको छ । सफाइमा स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्यको सहभागिता थियो । सफाइपछि महानगरपालिका–११ स्थित थापाथली क्षेत्रमा वृक्षरोपण गरिएको छ । वडाध्यक्ष हीरालाल तण्डुकारको सक्रियतामा नदी किनारको खाली जग्गामा वृक्षरोपण गरिएको हो ।

कपुर, धुपी, गुर्जोलगायत विभिन्न जातका करीब १०० वृक्षरोपण गरिएको जनाइएको छ । यसैगरी उपत्यकाका अन्य नदी, चक्रपथमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ अभियान जारी छ । वर्षात, गर्मी, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियानले निरन्तरता पाएको छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यकाबाहिर मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.