Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मोबाइल वालेटमार्फत हुने कारोबार रकम घट्दो

0 72

०३ श्रावण, काठमाडौं । नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम वैशाख महिनाभन्दा जेठ महिनामा धेरै घटेको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या ९७ लाख ५० हजार ६५ रहेको छ।

यो संख्या एक महिना अघि अर्थात् फागुन मसान्तको तुलनामा ९ लाख ९३ हजार ४४६ ले घटी हो।

वैशाख मसान्तसम्म यो संख्या १ करोड ७ लाख ४३ हजार ५११ रहेको थियो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको आकलन गर्न सकिन्छ।

वैशाखमा घटेको मोबाइल वालेटमार्फत् हुने कारोबार सङ्ख्या र रकम जेठमा पनि निरन्तरता पाएको हो।

कारोबार संख्या घटेसँगै कारोबार रकममा पनि कमी आउनु स्वाभाविकै हो।

वैशाख सान्तसम्ममा मोबाइल वालेटमार्फत् १० अर्ब १० करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा जेठ मसान्तसम्ममा यो रकम घटेर ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँमा झरेको छ।

यो रकम अघिल्लो महिनाको भन्दा १ अर्ब ७५ करोड ३० लाख रुपैयाँले घटी हो।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.