गजब गर्याै कम्युनिष्ट गजब गर्याै
मोहन छाङ्छा राई
०२ साउन, काठमाडाैं ।
गजब गर्याै कम्युनिष्ट गजब गर्याै, आफ्नो घरमा आफै प्रहार गर्याै ।
आफ्नै हातको सत्ता कांग्रेसलाई सुम्पी आफू प्रतिपक्ष बेन्चमा सयौ।।
गजब गर्याै कम्युनिष्ट गजब गर्याै ….
अरुलाई के दोष दिनु ? आफू आफैमा घात प्रतिघात गर्याै।
शिखर चुम्न माथिमाथि चढ्दै जानुपर्ने, झन तलतल झयौ।।
गजब गर्याै कम्युनिष्ट गजब गर्याै ….
कमीकमजोरी कसको हुन्न, तर एकले अर्काको हुर्मत लिने काम गयौ।
सौताको रिसले गर्दा आबेशमा आइ, आफ्नै पतिको काख फोहोर गयौ ॥
गजब गर्याैकम्युनिष्ट गजब गर्याै ….
झण्डै दुईतिहाइको सरकार आ-आफ्नै स्वार्थ र अहंकारले छिन्नभिन्न पायौ।
निकै आशा र भरोसा गरेका थिए जनताले, आखिर निराशा नै पायौ।।
गजब गजब गर्याै कम्युनिष्ट गजब गर्याै ….
समाप्त