प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छी भेटघाट, चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने

0 465

०१ साउन, काठमाण्डाैं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज पनि आइसकेको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटमा कोरोना महामारीविरुद्ध सहकार्य तथा दुई देशको सम्बन्धबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.