Advertisement

के म तपाईँलाई सहयोग गर्न सक्छु ?’

0 151

Advertisement

०१ साउन, बागलुङ । कोरोना महामारीका कारण मुद्दा फछ्र्योट कम भएको छ । उच्च अदालत पोखरा, बागलुङ इजलासले चालु आवमा कोरानाकै कारण मुद्दा फछ्र्योटमा कमी आएको हो । गत आवबाट जिम्मेवारी सरी आएका १४९ सहित कूल ३५२ मुद्दा रहेकामा हालसम्म १७७ मात्र फछ्र्योट भएको अदालतका रजिष्ट्रार मोहन सुवेदीले जानकारी दिनुभयो । यो ५०.२९ प्रतिशत हो ।

सहज स्थितिमा अदालतले लक्ष्यभन्दा बढी मुद्दा पछर्योट गर्ने गरेको थियो । गत आवमा पनि महामारीकै कारण कम मुद्दा फछ्र्योट भएका थिए । सो आवमा ३१३ मुद्दा अदालतमा रहेकामा १६४ मात्र मुद्दाको किनारा लागेको थियो । लगातार दुई आवमा कोरोनाले मुद्दा छिन्ने प्रक्रियामा प्रभाव पारेको हो । आव २०७५÷७६ भने फछ्र्योट हुने मुद्दाको सङ्ख्या २८७ थियो । पचासी मुद्दा मात्र यसपछिका आवमा जिम्मेवारी सरेर आएका थिए ।

अदालतमा १७५ मुद्दा फछ्र्योट हुन बाँकी रहेको उहाँले बताउनुभयो । “असी प्रतिशतसम्म मुद्दा फछ्र्योट हुन्थ्यो, यस वर्ष कोरोनाका कारण ५० प्रतिशत मात्र हुन सक्यो”, उहाँले भन्नुभयो । बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समय अदालतको सेवा पनि प्रभावित बन्न पुगेको थियो । प्रतिकूल परिस्थितका कारण मुद्दा पछर्योट कम भए पनि अदालतमा दुई वर्षभन्दा बढी अवधिका मुद्दाको सङ्ख्या भने शून्य छ । छ महिनाभित्रका ७६, छदेखि एक वर्षभित्रका ४३, एक वर्षदेखि १८ महिनाभित्रका ३३ र १८ महिनादेखि दुई वर्षभित्रका २३ मुद्दा फछ्र्योट गर्न बाँकी छन् ।

मुख्य न्यायाधीश द्वारिकामान जोशीलेले न्याय सेवालाई छिटो र छरितो बनाउँदै लगिएको जानकारी दिनुभयो । अदालतप्रतिको परम्परागत धारणालाई चिर्ने गरी सेवाग्राहीमैत्री हिसाबले कार्य सम्पादन भइरहेको उहाँको भनाइ छ । “सेवाग्राहीमा यो मेरो अदालत हो भन्ने भावना जगाउनुपर्छ”, उहाँले भन्नुभयो । अदालतले सेवाग्राहीको सहजताका लागि छुट्टै सहयोगी कर्मचारीसमेत खटाएको छ । ‘के म तपाईँलाई सहयोग गर्न सक्छु ?’ व्यहोरा अङ्कित ज्याकेट पहिरिएका कर्मचारीले अदातलको सेवा प्रवाहमा सेवाग्राहीलाई सहजीकरण गर्ने गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.