Advertisement

भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री

0 184

Advertisement

०१ साउन, गोर्खा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।

सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिनुभयो ।

सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिइसक्नुभएको छ । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।

अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने जनाइएको छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा दामोदर रेग्मी हुनुहुन्छ ।

माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.