Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डेरामा तास खेलिरहेका १३ जना पक्राउ

0 52

०१ साउन , काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका १५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.