चालु आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थीर
०१ साउन, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ ।साउन पहिलो दिन अर्थात साउने संक्रातीको दिन सुनचाँदीको मूल्य स्थीर बनेको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।सुनचाँदीको कारोबार बिहीबार पनि सोही मूल्यमा भएको थियो ।