Advertisement

शाओमी एमआई प्याड ५ लाई एफसीसी सर्टिफिकेट, २२.५ वाट चार्जिङ र एमआईयूआई १२.५ रहने

0 2,373

Advertisement

०१ श्रावण, काठमाडौं । शाओमी एमआई प्याड ५ लाई एफसीसी सर्टिफिकेट, २२.५ वाट चार्जिङ र एमआईयूआई १२.५ रहने
हालै बाहिर आएका थुप्रै प्रमाणहरुले शाओमीले नयाँ ट्याब्लेटमा काम गरिरहेको बताइरहँदा हालै एफसीसीमा सूचीबद्ध भएपछि यो तथ्य प्रष्ट भएको छ।

नयाँ जानकारी अनुसार यसको मोडल नम्बर २१०५११८२जी रहने र यसमा एमआईयूआई १२.५ उपलब्ध हुनेछ। पावरका लागि २२.५ वाट को चार्जिङ सपोर्ट तथा डुअल ब्यान्ड वाइफाइको फिचर पनि रहनेछ।

गत हप्ता एमआईआईटीले एमआई प्याड५ प्रो लाई सर्टिफिकेट दिएको र यसमा फाइभजी कनेक्टिभिटी तथा स्न्यापड्रागन ८७० चिपसेट रहने बताएको थियो।

यसबाहेक यो डिभाइसमा २५६०x१६०० पिक्सेलयुक्त ११ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एलसीडी डिस्प्ले रहनेछ। साथै यसले शाओमीको स्टाइलस पेन पनि सपोर्ट गर्ने बुझिएको छ।

एमआई प्याड५ को बेस भेरियन्टमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेटका साथमा ८२५० एमएएच क्षमताको ब्याट्री रहनेछ। यो डिभाइस यसै महिनाको अन्त्यसम्ममा बजारमा आइसक्ने आकलन गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.