Advertisement

सिंहदरबारमा सत्तारुढ गठबन्धनको छलफलमा माधव नेपाल अनुपस्थित

0 330

Advertisement

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनको बैठक बसेको हो। बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएनन्। नेता नेपालले प्रतिनिधिको रुपमा डा. विजय पौडेललाई सिंहदरबार पठाएका हुन्।

बैठकमा सहभागी नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको भावनाअनुसार अगाडि बढ्नेलगायतका विषयमा आजको छलफल केन्द्रित रहेको थियो।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका माधवकुमार समूहका नेता डा. पौडेल सहभागी थिए।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धन सरकारमा पुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्री नियुक्त गरेपछि देउवाले सत्तारुढ गठबन्धनसँगको छलफललाई तिब्रता दिएका छन् । सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू भन्दै साउन ३ गते संसद बैठक डाक्न परमादेश दिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.