Advertisement

काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपियो

0 1,142

Advertisement

३१ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै १० दिन थप गरिएको छ। बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

बैठकले असार ३१ गतेबाट ६ बजेसम्म सञ्चालनमा हुँदै आइरहेका पसल अब बेलुका ७ बजेसम्म खुला गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो। सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत बढी भीडभाड हुने स्थानमा लगाइएको रोक यथावत छ।

उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी छ। सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत बढी भीडभाड हुने स्थानमा लगाइएको रोक यथावत छ।कोरोना जोखिम यथावत रहेकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञहरुले औंल्याएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.