Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

उड्डयन प्राधिकरणमा खुल्यो १६४ जनाका लागि नयाँ रोजगारी

0 89

३१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा एकसाथ ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी कुल १६४ जना नयाँ रोजगारीका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो । यसमध्ये सबैभन्दा धेरै वरिष्ठ अधिकृत पदमा ३४ जना कर्मचारी माग भएको छ ।

यस समूहमा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको छ । प्राविधिक समूहको एर ट्राफिक सर्भिसेसतर्फ यी अधिकृतहरु मागिएको छ ।

एयर फायर सर्भिसेसमा समेत प्राधिकरणले १८ जना नयाँ भर्ना गर्न लागेको हो । चौथो तहका सहायक यो पदमा खुलाबाट १० र समावेशीबाट अन्य पदमा भर्ना गरिने छ । सिभिल र मेकानिकल इन्जिनियरिङतर्फ ३/३ जना वरिष्ठ अधिकृत, प्रशासन, कानून, पुस्तकालय, व्यापार प्रशासन, लेखा, राजस्व र सीएतर्फ समेत अधिकृत तहमा आवेदन माग गरएको छ ।

प्रशासनमा सबैभन्दा धेरै ७ अधिकृतको माग गरिएको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामा कुल ३४ पदमा नयाँ भर्ना गर्न लागेको हो । आन्तरिक प्रतिस्पर्धाबाट भने विभिन्न २७ पदमा पदपूर्ति गर्न लागिएको छ ।

प्राधिकरणको यो प्रतियोगिताका लागि अनलाइनबाट समेत आवेदन दिन सकिने छ । प्राधिकरणको वेवसाइटमा राखिएको जब अप्लिकेशनमा गई आफुले दिन चाहेको पदमा आवेदन फारम भर्न सकिनेछ ।

प्राधिकरणकाअनुसार तह ४का लागि ४ सय र ९ तहका लागि ९ सय रुपैयाँ आवेदन शुल्क तोकिएको छ । दरखास्त दिने मिति २० साउनसम्म तोकिएको छ । तोकिएको अन्तिम दिनपछिको सात दिन भने दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने गरि अवधि राखिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.