Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

0 50

३१ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।

असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । 


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.