Advertisement

पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

0 1,223

Advertisement

३१ असार, टीकापुर । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थाल्नुभएको धेरै भएको छैन । छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उहाँलाई निकै चिन्ता हुन्थ्यो । उहाँको त्यो चिन्ता धेरै दिन रहेन ।

नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उहाँ आफैँ चकित हुनुहुन्छ । “छोराले पहिले पढाइमा त्यति रुचि राख्दैनथ्यो । उसको पढाइ अन्य शिशुका तुलनामा कमजोर थियो”,उहाँले भन्नुभयो, “आजभोलि आफैँ लेख्न र पढ्न जान्ने भएको छ । उसमा आएको परिवर्तन देख्दा म आफँै चकित छु । ” उहाँले छोराले पढाइ शिविरमा यति सजिलै सिक्न र पढ्न थाल्नेछ भन्ने नसोचेको बताउनुभयो ।

बालकल्याण सङ्घ र वल्र्डभिजन इन्टरनेशनल नेपालका साझेदारीमा बाल स्पोन्सरसिपका परियोजनामा कैलाली जिल्लाका छ हजार १२० बालबालिका जोडिएका छन् । परियोजनाले पढाइ शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा बालबालिकालाई सहयोग गर्दै आएको छ । टीकापुरमा २० र भजनी नगरपालिकामा २५ पढाइ शिविर सञ्चालनमा छन् । ती शिविरमा एक हजार ९२ बालबालिका आबद्ध छन् । परियोजनाका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले ती बालबालिका अतिविपन्न परिवारका रहेकोे जानकारी दिनुभयो ।

“बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले समुदायमा पढाइ शिविर सञ्चालन गरेका थियौँ । पढाइ शिविर धेरै प्रभावकारी बन्न पुग्यो”, उहाँले भन्नुभयो, “अहिले विद्यालय बन्द रहेका अवस्थामा पनि सहजकर्ताले घरघरमा पुगेर पुस्तक वितरण गर्ने, बालबालिकाको अवस्था बुझ्ने र स्वास्थ्य सामग्री दिने काम गर्दै आउनुभएको छ ।”

घोडाघोडी नगरपालिका–११ की सपना चौधरीले गत पुस महिनामा किशोरकिशोरीलाई लक्ष्य गरी गरिएको रुपान्तरण कक्षाबारे १० दिने तालिम लिने अवसर पाउनुभयो । सो अवसरमा उहाँले लैङ्गिक असमानता, किशोरकिशोरीका समस्या, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवनोपयोगी सीप र बचत तथा ऋणका बारेमा राम्रोसँग बुझ्ने मौका पाउनुभयो ।

“तालिमले मलाई सक्षम बनाएको छ । आत्मविश्वास बढाएको छ”, उहाँले भन्नुभयो, “अहिले किशोरीमा भइरहेका विभेदका घटना, युवा सशक्तीकरण र सामुदायिक सहभागितामा प्रत्यक्ष सहभागिता जनाउन सक्छौँ र त्यसको आफ्ना कुरा राख्न सक्ने भएका छौँ । ” अहिले उहाँले आफ्नो समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्दै आउनुभएको छ ।

समुदायका अन्य किशोरकिशोरीलाई पनि रुपान्तरणका लागि उहाँ सक्रियताका साथ काम गर्दै आउनुभएको छ । टीकापुर, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको १४ वडाका २८ ठाउँमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ४३० युवा सहभागी छन् । उनीहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई समुदायकाअन्य युवकयुवतीलाई समेत सिकाउँदै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.