Advertisement

कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

0 686

Advertisement

३१ असार, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका विप्लवले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको हाे । बिहीबार बिहान विप्लव र नेपालबीच भेट भइरहेको समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेपछि तीन शीर्ष नेताहरुको छलफल भएको हो।

कोटेश्वरमा नेताहरुबीच समसामयिक राजनीतिक विषयबस्तुमा केन्द्रित रहेर छलफल गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। उनीहरुबीच एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको बताइएको छ। विप्लवको साथमा स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बिहीबार कोटेश्वर पुगेका हुन्। तस्बिर सार्वजनिक गर्दै जुगलले लेखेका छन्, ‘@ कोटेश्वर, तस्वीर आफैँ बोल्दैन र ?’

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको हो। ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो।

यस अगाडि बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको थियो।

प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.