Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै

0 82

३१ असार, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । स्रोतका अनुसार बिहीबार दिउसो ४ बजे बैठक बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाडौं बाहिर जाने तथा आउने लामा दुरीका सवारी पास विन संचालन संचालन गर्न पाइरहेका छैनन् । आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्स्थ्य सचेतता अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुन भएको छ ।

आजको बैठकले लामो दुरीका सवारीहरु जोरबिजोर प्रणाली मार्फत संचालन अनुमती दिनसक्नेगरी निर्णय गर्न सक्ने कतिपयको अनुमान रहेको छ । यद्यपी प्रमुख जिल्ला अधिकारीहरु पनि के गर्ने भन्नेबार अन्योलमै रहेको बताइएको छ ।

दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.