Advertisement

देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् दमककी सेलिया

0 999

Advertisement

३१ असार, दमक । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम हुनुभएको छ । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो ।

देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् ।

प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गर्नुभयो । जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.