Advertisement

अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप

0 399

Advertisement

३० असार, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ ।

समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम अदालतले गर्ने भए संसद्को के काम रु, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।”

उहाँले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको जनाउँदै अदालतले फलानालाई प्रधानमन्त्री बनाउनू भनेर भन्नै नमिल्ने तर्क राख्नुभयो । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरीत हो भन्दै उहाँले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको विचार राख्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.