Advertisement

सरकार गठनपछिलगानीकर्ता अन्योलमा, सामान्य अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

0 843

Advertisement

३० असार, काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वको सरकारले काम थालेको पहिलो दिन आज पुँजीबजार मापक परिसूचक सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा उक्लिएको हो।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा ओर्लिएको छ।

नेप्सेमा आज कूल पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। कूल २१४ वटा कम्पनीका चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद-बिक्री भएका थिए।

आज हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.१० प्रतिशतका दरले कमाएका छन्। नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.८३ प्रतिशतका दरले गुमाएका छन्।

आज गोर्खाज फाइनान्सका सेयर सबैभन्दा धेरै २९ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा नबिल ब्यालेन्स फण्ड-२ सबैभन्दा धेरै एक करोड १८ लाख २९ हजार ७१४ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै एक हजार ६९३ पटक किनबेच भएका थिए।

आज म्यच्युअल फण्ड, फाइनान्स, लगानी, हाइड्रोपावर, होटल तथा पर्यटन उपसमूहको परिसूचक बढ्दा बाँकी सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.