Advertisement

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

0 352

Advertisement

३० असार, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) को बोनस शेयर नेपाल स्टक एक्चेन्ज (नेप्स) मा सूचीकृत भएको छ ।नेप्सेका अनुसार कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको २०७७ पुस २८ गते मंगलबार सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो ।

साधारण सभाका लागि कम्पनीले २०७७ पुस १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार २०७७ पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले उक्त बोनस शेयर पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.