Advertisement

यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने – देउवा सरकारको पहिलो निर्णय

0 1,098

Advertisement

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने निर्णय गरेको छ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार असोज महिनाभित्र एक तिहाइ र चैतभित्र सम्पूर्ण नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिए ।

पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने उनले बताए।

सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउने निर्णयसमेत भएको कार्कीले जानकारी दिए।

मंगलबार दिउँसो प्रधानमन्त्री नियुक्त भएका देउवाले साँझ राष्ट्रपतिबाट शपथ लिएलगत्तै पदभार ग्रहण गरेर पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो। त्यसैगरी सरकारको प्रवक्ताको जिम्मेवारीसमेत कानुनमन्त्री कार्कीलाई दिइएको छ। मन्त्रिपरिषद् बैठकले कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.