Advertisement

सरकारका प्रवक्ता एवं कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्ति, को हुन् कार्की?

0 1,530

Advertisement

३० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारले प्रवक्ताको जिम्मेवारी तोकेको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मंगलबार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका कार्कीले २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर काम गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका कार्की सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०६३ सालमा जलस्रोत मन्त्री बनेका कार्की २०७४ सालमा अर्थमन्त्री बनेका थिए।

सुनसरीबाट निर्वाचन जितेका ््न्त्री कार्की २०५६ को चुनावमा भोजपुर-१ बाट पुनः चुनाव लडे। त्यस बेला पनि उनलाई भाग्यले साथ दिएन। एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन्।

पहिलो संविधानसभामा पनि कार्की भोजपुर-१ बाट चुनाव लडे। यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो। त्यसपछि कार्कीले २०७० को दोस्रो संविधानसभा चुनाव लडेनन्। उनी समानुपातिकतर्फबाट सांसद बने। कार्की २०७४ सालमा सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भए।

भोजपुरको सविकको देउराली गाविस–४ मा जन्मेका कार्की २०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। उनी ४ वर्ष जेल बसेका छन्।

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन्। राजनीतिक रूपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजुबहिनीका रूपमा हार्दिकतापूर्ण सम्बन्ध छ।

मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्री कार्कीले सिंहदरबार पुगेर पदभाग्रहण गरे। मन्त्री कार्कीलाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै मन्त्री कार्कीले कानुनी सहायतासम्बन्धी विषयमा हस्ताक्षर गरेका थिए। न्यायमा पहुँच नपुगेका व्यक्तिलाई कानुनी सहायता प्रदान गर्ने कार्यक्रम हाल ४७ जिल्लामा रहेकोमा ७७ जिल्लामै पुर्‍याउने निर्णयमा उनले हस्ताक्षर गरेका हुन्त्य । यस क्रममा उनले विगतका अनुभव पनि उपयोग गर्दै अघि बढ्ने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.