Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नियुक्ति सच्चिएपछि लिए नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ

0 95

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गर्नुभएको हो ।

मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा पम्फा भुसालसहितले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा नखुलाएको भन्दै सभापति देउवाले सपथ ग्रहणका लागि अस्वीकार गरेका थिए । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गरिएको बनाइएसँगै देउवा सपथ ग्रहणका लागि तयार भएका हुन् ।

देउवासहित मन्त्रीहरुले आजै कार्यभार सम्लाने बताइएको छ ।

साँझ ६ बजेका लागि तय गरिएको सपथ ग्रहण दुई घण्टा भन्दा बढी समयपछि शुरु भएको हो ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.