Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एकै व्यक्तिलाई दुई फरक-फरक कम्पनीको खोप दिंदै थाइल्याण्ड

0 36

२९ असार, एजेन्सी । मुलुकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै थाइल्याण्डले आफ्नो कोरोना खोप नीति परिवर्तन गरेको छ ।थाइल्याण्डले मानिसहरुलाई कोरोनाबाट थप सुरक्षा प्रदान गर्न फरक-फरक खोपको दुई डोज दिने नीति लिएको हो ।

यससँगै अब थाइल्याण्डले एक डोज खोप चिनियाँ कम्पनी सिनोभ्याक र एक डोज एस्ट्राजेनेकाको खोप दिनेछ ।थाइल्याण्डमा सिनोभ्याकको पूरा डोज खोप लिएका मानिसहरुमा कोरोनाको संक्रमण बढेसँगै थाइल्याण्डले यस्तो निर्णय गरेको हो । अब भने पहिलो डोज सिनोभ्याकको खोप दिएपछि दोस्रो डोजमा एस्ट्राजेनेकाको खोप दिइनेछ ।

यसअघि नै सिनोभ्याकको पूरा डोज कोरोना खोप पाइसकेका स्वास्थ्यकर्मीहरुलाई पनि अर्को कुनै खोपको तेस्रो बुस्टर डोज दिइनेछ । यो खोप एस्ट्राजेनेका वा फाइजरमध्ये एक हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तेस्रो डोज कोरोना खोप सिनोभ्याकको खोपको दोस्रो डोज लिएको तीनदेखि चार सातामा लगाउन सकिन्छ ।अहिले थाइल्याण्डमा सिनोभ्याकपछि एस्ट्राजेनेकाको खोपमात्र उपलब्ध छ । यद्यपि अबको केही समयमा नै अमेरिकाले अनुदानमा दिएको फाइजरको खोप पनि आइपुग्ने अपेक्षा छ .

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६ लाख ७७ हजार स्वास्थ्यकर्मीले सिनोभ्याकको पूरा डोज कोरोना खोप लगाइसकेका छन् ।

नीहरुमध्ये गत अपि्रलदेखि जुलाइको बीचमा ६१८ जना कोरोनाबाट संक्रमित भएका थिए । उनीहरुमध्ये एकजनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था गम्भीर छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.