Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनको मूल्य बढ्यो

0 51

२९ असार, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको सुुनको मूल्य मंगलबार ९२ हजार ४ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबारका तुलनामा २ सय रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३ यस २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि आइतबारका तुलनामा सोमबार तोलामा ५ रुपैयाँ घटेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ४००, तेजावी सुनको मूल्य ९१ हजार ९०० र चाँदीको मूल्य १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.